लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ कार्यालय

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

दिनेश प्रसाद शाह

कार्यालय प्रमुख

चन्द्रा चौधरी

प्रसासन अधिकृत

२०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप प्रदेश नं. ५ (हाल लुम्बिनी प्रदेश) मा  खानेपानी तथा सरसफाइको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधारको लागि साविकमा  भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको थियो।  खानेपानी तथा सरसफाइको पुर्वाधार निर्माण कार्य तथा आधारभुत सेवासुधारको लागी यस प्रदेश अन्तर्गत सुरुमा ५ वटा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय वाट सेवा प्रदान हुँदै आएको थियो र  हाल सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गत १२ वटै जिल्लामा खानेपानी तथा सरसफाई कार्यालय स्थापना भएका छन् । सो मध्ये खानेपानी तथा सरसफाइ  कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  पनि एक हो । जिल्ला भित्रको खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रम संचालन गर्न गठन भएको यस कार्यालयको मूख्य उद्देश्य जिल्ला भित्र खानेपानी तथा सरसफाइ सम्बन्धि आवधिक योजना र मन्त्रालयगत स्वीकृत वार्षिक कार्यक्रम अनुसार योजना तर्जुमा छनौंट निर्माण, कार्यान्वयन, अनुगमन एवं निरिक्षण गर्ने  रहेको छ । जनताको आधारभूत आवश्यकताको रुपमा रहेको स्वच्छ पिउने पानीको व्यवस्थापन एवं स्वच्छ पिउने पानीको अभावमा सिर्जित विभिन्न रोग तथा महामारी प्रकोपलाई न्यूनिकरण गरि सरसफाई सम्बन्धि जनचेतनाको अभिवृद्धि गर्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)   जिल्ला भित्र आवश्यक देखिएका क्षेत्रमा स्वच्छ तथा गुणस्तरयुक्त पानी तथा सरसफाई सम्बन्धि सुविधा उपलब्ध गराउनु कार्यालयको प्रमुख उद्देश्य रहेको छ। प्रदेश सरकार मातहतको यस  कार्यालयको स्थापना मिति २०८१/०६/०४ गते मा भएको हो र हाल यस कार्यालयको कार्यक्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  जिल्ला  भरी  रहेको छ ।